राजनीतिक दलहरूले कानून बुझन सकेका छैनन् : प्रधानन्यायाधीश कार्की

प्रधानन्यायाधिश शुशिला कार्कीले राजनीतिक दलहरुले न्यायालय बारे बुझ्दै नबुझेको टिप्पणी गर्नु भएको छ । प्रधानन्यायाधिश कार्कीले न्यायालय बारे राजनीतिक दलका नेताहरुलाई बुझाउँदा बुझाउँदै आफू हैरान भएको गुनासो व्यक्त गर्नुभयो ।

नेपाल बार एशोसिएसनको ६०औं वर्ष पुरा भएको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधिश कार्कीले न्यायालय बारे नेताहरुले नबुझेसम्म न्याय सम्पादनमा हुने कठिनाईमा कमी नआउने दावी पनि गर्नु भयो । प्रधानन्यायाधिश कार्कीले न्यायिक अनुशासन पालनामा आफू प्रतिवद्ध रहेको पनि बताउनु भयो । न्यायिक अनुशासन पालनाका विषयमा कसैले पनि गुनासो गर्ने ठाउा आफूले नदिएको दावी गर्नु भएको हो ।

Published On:  405पटक हेरिएको

तपाईको प्रतिक्रिया