काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दललाई मान्य हुनेगरी स्थानीय तहको निर्वाचनमा जानुको बिकल्प नभएको बताउनुभएको छ । कैलालीमा आज प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सबै दलको सहमतिमा मै स्थानीय निकाय निकायको चुनाव हुने बताउनुभयो । उहाँले संसदमा सरकारले दर्ता गरेको संविधान संशोधनको प्रस्ताव फिर्ता नहुने पनि स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री दाहालले राजनीतिक गतिरोध अन्त्यका लागि राजनीतिक पार्टीहरुको सहमतिमा स्थानीय तहको निर्वाचनमा जानु उत्तम बिकल्प हुने बताउनुभयो ।