एउटा अबोध बालक जो रोगमुक्त भई बाँच्न चाहन्छ !

काठमाडौं–मंसिर । काभ्रेको दाप्चा काशिखण्ड नगरपालिका वडा नम्बर ११ स्थायी घर भएका ६ वर्षीय मनिष नेपाली जन्मदेखि नै थालसेमिया(शरीरमा रगत उत्पादन नहुने) रोग बाट पीडित छन् । हाल काठमाडौंस्थित् कान्ति बाल अस्पतालमा उपचाररत यी बालकको उपचार खर्चीलो भएपछि परिवारले सहयोगको अपिल गरेको छ ।

ggआर्थिक स्थिति अत्यन्तै नाजुक रहेका कारण उपचार नेपालमा सम्भव नभएपछि सहयोगको अपिल गर्नपरेको बालकका बाबु रामचन्द्र नेपालीले बताउनुभयो । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपालीको परिवारले  सहयोग पाउने विश्वास व्यक्त गरेको छ । परिवारका अनुसार नीजको उपचारको लागि रु ४५ लाख भन्दा बढि नै लाग्ने चिकित्सकहरुको आँकलन रहेको छ । विरामी बालकका बाबु रामचन्द्र नेपालीले सबैले सहयोग गरिदिए छोराको उपचार हुनेमा आफूहरु विश्वस्त रहेको भन्दै सकेको सहयोग गर्न सबैसँग अपिल गर्नुभयो ।
सहयोग गर्न चाहनेहरुले विरामी बालकको बाबुको नाममा रहेको सिटिजन बैंकको खाता नम्बर ०५४०००००५१ ऋक् मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । तपाई हाम्रो सानो सहयोगले यी अबोध बालकको जीवन बच्नसक्छ । खुलेर सहयोग गरौँ ।

Published On:  605पटक हेरिएको

तपाईको प्रतिक्रिया