संशोधनको विपक्षमा जनमत आएपछि इटालीका प्रधानमन्त्रीले राजीनामा दिने

एजेन्सी । इटालीमा भएको संवैधानिक जनमत संग्रहमा संविधान संशोधनको विपक्षमा जनमत आएको छ । अधिकांश मतगणना भइसक्दा हालसम्म संविधान संशोधन गर्नुहुन्न भन्ने पक्षमा ६० तथा गनुपर्छ भन्ने पक्षमा ४० प्रतिशत मत जाहेर भएको छ  । italy

संविधान संशोधनको विपक्षमा जनमत आएपछि इटालीका प्रधानमन्त्री माटेयो रेन्जीले राजिनामा दिएको घोषणा गरेका छन् । आइतबार भएको जनमत संग्रहमा रेन्जीको डेमोक्र्याटिक पार्टीले संविधान संशोधनको पक्षमा अभियान चलाएको थियो । रेन्जीले जनमतमा पराजयको पुर्ण जिम्मेवारी लिँदै रजिनामा दिएको बताएका हुन् ।

प्रधानमन्त्रीको राजिनामासँगै इटालीका राष्ट्रपति सर्जियो माटेरेलाले सन् २०१८ मा हुने निर्वाचन सम्मका लागि डेमोक्र्याटिक पार्टीकै नेतृत्वमा अर्को कामचलाउ सरकार बनाउन आग्रह गर्नसक्ने जनाइएको छ । यो मत परिणामसंगै संविधान संशोधनको विपक्षमा रहेको इटालीको फाइभ स्टार मुभमेन्टले ठुलो सफलता प्राप्त गरेको विश्लेषण गरिएको छ ।

Published On:  526पटक हेरिएको

तपाईको प्रतिक्रिया