शंसोधन प्रस्तावको विरोधमा विभिन्न जिल्लामा प्रर्दशन जारी

मंसिर । सरकारले संसदमा दर्ता गराएको शंसोधन प्रस्तावमा विरोधनमा सोमबार पनि विभिन्न जिल्लामा प्रर्शहन भयो । रुपन्देही लगायतका जिल्लामा ५ नंम्बर प्रदेशको सिमांकन हेरफेरबिरुद्ध  छैठौं दिन पनि आन्दोलन जारी छ । आन्दोलनका कारण रुपन्देही ६ दिनदेखि लगातार बन्द भयो भने दिनभर संबिधान संसोधनका बिरुद्ध प्रदर्शन भएका छन् । उद्योग, ब्यापार, शैक्षिक संस्था, यातायात सबै ठप्प छन् ।butwal

बन्दले जनजिवन प्रत्यक्ष प्रभावित भएको छ भने आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने प्रदर्शनकारीको अडान दोहोर्‍याएका छन् । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा लगाएतका राजनैतिक दल तथा भातृ संगठनहरुले आज पनि विहानैदेखि बुटवलमा बिभिन्न ठाउाबाट बिरोध जुलुश निकालेका छन । नेपाली कांग्रेस र माओबादी केन्द्रले भने आन्दोलन अराजक बन्दै गएको भन्दै आजैबाट आन्दोलन फिर्ता लिएका छन ।

यता आजै रुपन्देहीको बुटवलमा बसेको सर्वदलीय छलफलमा आन्दोलन अराजकतातर्फ गएको निशकर्ष निकाल्दै आगामी दिनमा शान्तिपुर्ण बनाउने निर्णय गरेका छन् ।

तपाईको प्रतिक्रिया