अघोषित रूपमा बन्द भयो १२ घण्टे सरकारी सेवा

काठमाडौं–मंसिर । तत्कालीन सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सक्रियतामा बढि भीडबाड हुने सरकारी कार्यालयलाई १२ घण्टै सञ्चालनमा ल्याउने जनहितकारी निर्णय भएको थियो । यही निर्णय बमोजिम बढि भीडबाड हुने सरकारी कार्यालयले १२ घण्टे सेवा पनि सुचारू गरे । तर यो निर्णय कार्यान्वयन भएको केही समय केही समय भन्दा rahadaniटिक्न सकेन ।

सरकारले गरेको यो निणर्य अहिले केवल निर्णयमानै सिमित छ । अहिले बढि भीडभाड हुने भनेर तोकिएका कार्यालय साढे चार बजे नै बन्द हुन्छन् । उक्त समयमा सरकारले, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, राहाधानी विभाग लगायतका कार्यालय बढि भीडभाड हुने सूचीमा राखि १२ घण्टा सेवा दिने निर्णय लिई कार्यान्वयनमा ल्याउने पहल थालेको थियो । तर गत शालको विनाशकारी भूकम्पपछि यो सेवा विना सूचना नै अघोषित रूपमा बन्द छ । अहिले नेपाल टेलिकमले मात्र सन्ध्याकालीन सेवा दिइरहेको छ ।
सरकारले आफैले गरेको जनहीतकारी निणर्य कार्यान्वयनमा ल्याउन नसक्नु दुखद भएको सर्वसाधारण बताउँछन् । सरकारले ०७१ साल पुष १ गतेदेखि बढि भीडभाड हुने सरकारी कार्यालयबाट १२ घन्टा सेवा उपलब्ध गराउने निणर्य गरेको थियो तर यो सेवा सबै कार्यालयमा पूर्ण कार्यालयमा आउन नआउँदै २०७२ साल बैशाखबाट बन्द भयो । सरकार आफले निर्णय गरेर सञ्चालनमा ल्याएको सेवा अघोषित रूपमा यति लामो समयदेखि बन्द हुँदा पनि सम्बन्धित निकाय जिम्मेवार हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया