१३ औं दक्षिण एसियाली खेलकुद साग नेपालमा हुने

काठमाडौं–मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग सन् २०१९ को मार्च ९ देखि १८ तारिखसम्म नेपालमा हुने तय भएको छ । काठमाडौंमा शनिबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३ औं सागको मिति सार्वजनिक गरेको हो । गत वर्ष भारतले १२ औं साग आयोजना गरेको थियो । दुई–दुई वर्षमा हुने साग खेलकुद नेपालले सन् २०१८ भित्र गर्ने प्रतिवद्धता जनाए पनि १ वर्ष ढिला गरेर मिति सार्वजनिक गरिएको छ ।

saag-logoबैठकले ओलम्पिक काउन्सिलको कार्यालय काठमाडौंमा राख्ने निर्णय गरेको छ । प्रतियोगिता आयोजक राष्ट्रमा काउन्सिलको कार्यालय राख्ने र आयोजक राष्ट्रको ओलम्पिक काउन्सिलको अध्यक्ष नै कार्यालयको प्रमुख हुने व्यवस्था दक्षिण एसियाली ओलम्पिक काउन्सिलको विधानमा छ ।

तपाईको प्रतिक्रिया