सप्तरीका एसपी दिवेश लोहनीलाई सरुवा गर्नुपर्ने माग गर्दै पत्रकार महासंघ सप्तरीले सदरमुकाम राजविराजमा शनिबार प्रदर्शन गरेको छ । मंसिर ११ गते भारतीय योग गुरु रामदेवको सप्तरी छिन्नमस्ता मन्दिर भ्रमणका क्रममा लोहनीले पत्रकार चन्दन यादव र अरुण यादवलाई कुटपिट गरे पछि पत्रकारहरु विरोधमा उत्रिएका हुन ।
स्थानीय शिव मन्दिरको प्रांगणवाट निस्केको पत्रकारहरुको जुलुसले एसपी लोहनी विरुद्ध चर्को नारावाजी गर्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।