भक्तपुर, मंसिर । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले यदि कसैलाई संविधान संशोधन गर्न परे चुनावमा गएर दुई तिहाई बहुमत ल्याएर मात्र शंसोधन गर्न सुझाव दिनुभएको छ । भक्तपुरको वोडेमा शनिबार भएको कार्यक्रममा उपाध्यक्ष गौतमले अहिले संविधान संशोधन नभई संविधानका प्रावधानहरुको आधारमा कार्यान्यवन गर्ने समय भएको बताउनुभयो ।
कसैले चाहेर पनि नेपाललाई विखण्डन गर्न नसक्ने भन्दै उहाँले यदि नेपाल र नेपालीको राष्ट्रिय भावनामा आँच आउने काम गरे कुनै पनि नेपाली चुप लागेर नबस्ने बताउनुभयो । प्रदेशको सीमांकनको हेरफेर प्रदेश सभाले गर्ने भएकाले अहिलेको संसदले गर्न नपाउने बताउनुभयो । अहिले संविधान संशाधेन संविधानको ठाडो उल्लंघन भएको आरोप लगाउनुभयो ।