मुलुक सार्थक औचित्यको आधारमा चल्नुपर्ने ओलीको भनाइ

झापा–मंसिर । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक सार्थक औचित्यका आधारमा चल्नुपर्ने बताउनुभएको छ । झापाको सुखानीमा सहिद भएकाहरुको स्मृतिमा काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक सार्थक औचित्यको आधारमा चल्ने र त्यसको नेतृत्व  एमालले गर्ने दावी गर्नु भयो । उहाँले सहिदहरुको बलिदानीबाट मुलुक आजको अवस्थामा आईपुगेको उल्लेख गर्दै त्यसलाई जोगाउने दायित्व सबैको रहेको बताउनुभयो ।

kp-oliअध्यक्ष ओलीले सुखानीका सहिदहरुको बलिदान मुलुकको परिवर्तनको मुख्य आधार रहेको पनि तर्क गर्नु भयो । एमालेले झापाको सुखानीमा तत्कालिन शासकले २०२९ साल फागुन २१ गते हत्या गरेका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल, विरेन राजवंशी र नारायण श्रेष्ठको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ

तपाईको प्रतिक्रिया