माओवादी केन्द्र स्थानीय निकायको चुनावमा केन्द्रीत हुने

काठमाडौं–मंसिर । सत्तारुढ नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडााडामा बसेको पोलिटव्युरो बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनावमा केन्द्रित हुन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको हो । अध्यक्ष दाहालले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव दर्ता गरिएको उल्लेख गर्दै निर्वाचनको तयारीमा सरकार जुटेको बताउनभयो ।

स्थानीय तहको निर्वाचनका लागि संविधान संशोधन प्रस्ताव ल्याइएको र अव सम्पूर्ण रुपमा पार्टी निर्वाचन केन्दी्रत अभियानमा जुट्न निर्देशन दिनु भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनु भयो ।

Published On:  483पटक हेरिएको

तपाईको प्रतिक्रिया