केसीको समर्थन सरकारी स्वास्थ्य सेवा ठप्प

मंसिर । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको समर्थनमा शुक्रबार मकवानपुरका सवै स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प भएका छन् । जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नीजि अस्पताल र क्लिनिकहरुले स्वास्थ्य सेवा ठप्प पारेका हुन् ।

dr-gobinda-kc-602x330डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक एवं स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि सेवा ठप्प भएको हो । चिकित्सक र स्वास्थ्यकर्मीले हातमा कालोपट्टी बााधेर केसीको समर्थनमा दुई दिनयता आन्दोलन गरिरहेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण उपचारका लागि आएका विरामी भने समस्यामा परेका छन् ।

तपाईको प्रतिक्रिया