पाल्पा बन्दले जनजीवन प्रभावित

काठमाडौं–मंसिर । ५ नम्वर प्रदेशलाई टुक्राएको विरोधमा पाल्पामा क्रियाशिल राजनीतिक दल, युवा विद्यार्थी र उद्योग व्यापारीले गरेको अनिश्चतकालिन बन्दले जनजिवन पूर्ण प्रभावित बन्दै गएको छ बन्दले यातायात, शैक्षिक संस्था, उद्योग धन्दा, व्यापार व्यबसाय ठप्प भएका छन् । सरकारले संविधान संसोधन प्रस्ताव दर्ता गरेपछि पाल्पाका राजनितिक दल भातृ संघ संघठन र व्यापारी मंसिर १५ गतेबाट आन्दोलित बनेका हुन् ।

मागप्रति सुनुवाई नभएको भन्दै तानसेनमा शुक्रबार पनि आन्दोलनकारीहरुले विहानैबाट प्रदर्शन गरेका छन् । सर्घष समिती पाल्पाले सरकारले संसदमा दर्ता गराएको संविधान संसोधन विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएका छन ।

तपाईको प्रतिक्रिया