काठमाडौं–मंसिर । सरकारले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई टुक्राउन खोजेकोमा बिरोध गर्दै बुटवलमा ब्यापक प्रदर्शन भएको छ । शुक्रबार बिहानैदेखि हजारौं मानिसहरु सडकमा उत्रेर अखण्ड ५ नम्बर प्रदेश हुनुपर्ने भन्दै सरकारविरुद्ध नारावाजी गरेका थिए ।
रुपन्देही, गुुल्मी, पाल्पा र अर्घाखाँचीलाई ४ नं प्रदेशमा राख्ने गरी दर्ता भएको संबिधान संसोधन बिधेयक फिर्ता लिन माग गर्दै आन्दोनमा उत्रेका लुम्बिनीबासीले आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
बिभिन्न राजनैतिक दलका भातृ संगठन, सामाजिक तथा ब्यवसायिक संघसंस्थाको आब्हानमा बुटवलका चोक चोकबाट बिरोध र््याली निकालिएको छ ।
बुटवल चौराहबाट बुटवल उद्योग बाणिज्य संघको अगुवाईमा, गोलपार्कबाट ब्याबसायिक संञ्जालको संयोजनमा, पुष्पलाल पार्कबाट अनेरास्वबियुको नेतृत्वमा र बुटवल बुहमुखी क्याम्पसबाट नेबिसंको नेतृत्वमा छुट्टाछुट्टै बिरोध र्याली निकालिएको छ । आन्दोलनलाई संयमित बनाउन राजनैतिक दल र सामाजिक संघसंस्थाहरुले संयमता अपनाउन आग्रह गरेका छन् ।