एमालले संसदीय विधि मिचेको राप्रपा अध्यक्ष थापाको भनाइ

काठमाडौं–मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले नेकपा एमालेले संसदीय विधि र प्रक्रिया मिचेको आरोप लगााउनुभएको छ । शुक्रबारको संसद बैठकबाट बाहिरीने क्रममा आज सञ्चारकर्मीहरुसाग कुरा गर्दै अध्यक्ष थापाले संसदमा फरक मत राख्ने विधि र प्रक्रिया भएपनि बैठकको कार्यसूचीमा नभएको विषयलाई लिएर एमालेले संसद अवरुद्ध पार्नु हठ प्रवृत्ति भएको टिप्पणी गर्नुभयो ।kamal-thapa

अध्यक्ष थापाले विगतमा मधेस केन्द्रित दलहरुलाई संसदमा आएर आफ्ना कुरा राख्न र छलफल गर्न आग्रह गरेको एमालेले नै संसोधन प्रस्ताव संसदमा प्रवेशै गर्न रोक लगाउनु गलत भएको बताउनुभयो । उहााले एमालेले संसद अवरुद्ध गरेर मधेसवादी दलहरुलाई फेरि पनि सडक संघर्षमा जान बाध्य पारिएको सन्देश गएको टिप्पणी गर्नुभयो ।

Published On:  438पटक हेरिएको

तपाईको प्रतिक्रिया