संविधान शंसोधनमा एमालेले सहयोग गर्ने देउवाको दाबि

काठमाडौं–मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संविधान शंसोधन प्रस्तावमा नेकपा एमालले समर्थन गर्ने दाबि गर्नुभएको छ । शुक्रवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सबै दलसँग छलफल गरेर नै संसिवधान शंसोधन ल्याएकाले एमालेले पनि यसलाई समर्थन गर्ने दाबि गर्नुभयो ।

sher_bd_deuwa_250देउवाले असन्तुष्ट दलको माग सम्बोधन गर्न भएपनि संविधान शंसोधन गर्नैपर्ने अवस्था रहकाले एमालेको सहयोगमा नै संविधान शंसोधन पारित हुने दाबि गर्नुभएको । मधेश पहाडको कुरा झिकेर आन्दोलन गर्दैमा समस्या समाधान ननिस्किने भन्दै देउवाले सबै दल सहमतिमा आएर देशलाई निकास दिनुको विकल्प नरहेको देउवाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया