शंसोधनका विषयमा मधेशी दलवीच नै विवाद

काठमाडौं–मंसिर । संविधान शंसोधनका विषयमा मधेशवादी दलहरूवीच नै मतभेद देखिएको छ । पछिल्लो समय मोर्चाका दुई तराई मधेश तोकतान्त्रिक पार्टी र  सद्भावना पार्टी विवादित विषयलाई छाडेर संविधान शंसोधन गर्न तयार देखिएपनि मोर्चाको प्रमुख घटक भने संघीय समाजवादी फोरमले भने माग पूरा हुने निश्चित भएपछि मात्र संविधान शंसोधनलाई स्वकिार गर्न सकिने बताउँदै आएको छ । फोरमले सरकारले मोर्चासँग गरेको छलफल बाट आफूहरूको माग सम्बोधन हुने संकेत नरहेको दाबि गरेको छ । madesi-morcha-638x330

फोरमले सीमाङ्कन मोर्चाको बटमलाइन भएको भन्दै अंगीकृत नागरिताको सवाललाई प्रथामिकता दिएको छैन । त्यस्तै मोर्चाकै अर्को घटक तराई मधेश लोकतान्त्रिक पार्टीले पनि अंगीकृत नागरिकताको सवालमा अनावश्यक प्रचार प्रसार गरिएको र अंगीकृतलाई संवैधानिक पद दिने माग मोर्चाको नभएको बताइरहेको छ ।

मधेशी मोर्चामै सहभागी सद्भावना पार्टीले भने अंगीकृतले संवैधानिक पद पाउनुपर्ने मोर्चाकै माग भएको र यसको कार्यान्वयन हुनुपर्ने बताइरहेको छ । मधेशी मोर्चामा आवद्ध दलहरूमा सीमाङ्कन, मधेश आन्दोलनका क्रममा पक्राउ परेका र उनीहरूमाथि लगाइएका मुद्दा फिर्ता लगायतका विषयमा पनि समान धारणा देखिदैन ।

तपाईको प्रतिक्रिया