एमालेलाई बाहिर राखेर संविधान शंशोधन हुन्न : भण्डारी, एमाले शंविधान शंसोधनबाट भाग्न सक्दैन : मन्त्री नायक

काठमाडौं–मंसिर  । सत्तारुढ दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले संघीयताको नाममा राष्ट्रलाई बन्धक बनाउन नहुने भन्दै विवादित ठाउँमा जनता र जनप्रतिनिधिको निर्णय अनुसार अघि बढ्नुपर्ने बताउनुभएको छ । काठमाडौं बुधवार भएको कार्यक्रममा संघीयता बाधक भए भने यसलाई जनमतसंग्रहबाट टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।

chandra-ji

भण्डारीले विगतमा संविधान निर्माणको क्रममा मधेश केन्द्रित दलका केही व्यक्तिहरुलाई बाहिर राख्दा मुलुकले ठूलो समस्या भोगेको स्मरण गर्दै एमालेलाई बाहिर राखेर संविधान शंसोधन हुन नसक्ने धारणा राख्नुभयो । त्यस्तै कार्यक्रमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले म्याद तामेलीको हिसावले संविधान संशोधन गर्न चाहेको हो भने एमालेले सहयोग नगर्ने चेतावनी दिनुभयो ।

नेता पण्डितले आफ्नो पार्टीले देशको आवश्यकत्ता अनुसार मात्रै संविधान संशोधन हुने कुरा गरेको बताएउनुभयो । कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले मुलुकमा यतिवेला दुई वटा अतिवाद सोच भएकाहरु हावी भएको भन्दै त्यसले मुलुकको निकास नदिने आरोप लगाउनुभयो ।  नायकले एउटा राष्ट्रवादको नारा दिने मण्डले राष्ट्रवादी र अर्को जहिलेपनि आन्दोलन र क्रान्तिको थ्रेट दिने हावी भएका एकका राष्ट्रवादी भएको बताउनुभयो ।

मन्त्री नायकले संविधान आफैमा कम्प्रमाईजको दस्तावेज भएकोले असन्तुष्टहरुको आवाजलाई सम्बोधन गर्नपनि संविधान संशोधन आवश्यक रहेको जिकिर गर्नुभयो ।

Published On:  487पटक हेरिएको

तपाईको प्रतिक्रिया