संविधान संशोधनको प्रस्ताव अघि बढ्ने संकेत

काठमाडौं–मंसिर । बुधवार प्रधानमन्त्री निवाश बालुवाटारमा सत्तारुढ दल र मोर्चाका नेताहरुबीच भएको छलफलमा मोर्चाले संशोधन प्रस्ताव दर्ता गर्न सहमति दिएको सत्ताधारी दलका नेताले बताएका छन् । सत्ताधारी दल र असन्तुष्ट मधेशी दलहरू पछिल्लो समय शंविधान शंसोधनको प्रस्तावलाई संसदमा लैजानेमा कुरामा केही सकरात्मक देखिएपनि संविधान शंसोधन खाका भने अहिले तयार भइसकेको छैन । संविधान जारी भएदेखि नै मधेश केन्द्रीत राजनीतिक दलहरूले सीमाङ्कनको विषयलाई प्रमुख माग बनाएर संविधान शंसोधन माग गरिहेका छन् ।

प्रमुख दलहरूले पनि संविधान शंसोधन गरेर असन्तुष्ट मधेशी दलका माग सम्बोधन गर्ने भनेर बताउँदै आएका छन् । तर संविधान शंसोधनको जतिसुकै चर्चा चलेपनि प्रमुख दल र मधेशी मोर्चावीच संविधान शंसोधनको साझा प्रस्ताव बन्न सकेको छैन । सत्ताधारी दल नेपाली कांग्रेस माओवादी केन्द्रले संविधान शंसोधनको प्रस्ताव अब अगाडि बढाउने भनेपनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालले संविधान शंसोधनका विषयमा समर्थन नगर्ने संकेत गरेको छ ।

  संविधान शंसोधनका विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले समर्थन नगर्ने संकेत गरेपनि सत्ता साझेदार दल र मधेशी मोर्चामा आवद्ध दलहरू भने पछिल्लो वार्ताबाट संविधान शंसोधनको प्रस्ताव संसदमा लैजानेमा केही सरकात्मक देखिएका छन् । सत्ताधारी दलको भनाईलाई आधार मान्ने हो भने सरकारले अबको दिनभित्रै संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गर्नेछ ।

तपाईको प्रतिक्रिया