संबैधानिक पद धारण गर्ने व्यक्ति वित्तिय संस्थाको पदाधिकारी हुन नपाउने

काठमाडौं–मंसिर । गर्भनर डा. चिरञ्जिवी नेपालले संबैधानिक पद धारण गरेका व्यक्तिलाई वित्तिय संस्थाको पदाधिकारीमा नबस्न आग्रह गर्नुभएको छ ।

dr-chiranjabiव्यवस्थापिका संसदको अर्थ समितिमा सोमबार बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर नेपालले सांसद लगायतका संबैधानिक पदिय भुमकामा रहेकाहरु वित्तिय संस्थाको पदाधिकारी बन्न नहुने धारणा राख्नुभएको हो । संबैधानिक पद धारणा गरेको व्यक्ति बैकको संचालक, अध्यक्ष बन्दा कार्यगत भुमिकामा असर पर्ने अर्थ मन्त्रालयका राजश्व सचिव राजन खनालको धारणा थियो ।

पूर्व अर्थमन्त्री भरत मोहन अधिकारी र वित्तिय संस्थाका पदाधिकारी समेत रहनुभएका समिति सदस्य इच्छाराज तामाङ लगायतले संबैधानिक पद धारण गर्दैमा कुनै संस्थामा बन्देज गर्नेगरि ऐन बन्न नहुने बताएका थिए । प्रमुख कार्यकारी अधिकृतको कार्यकाल तोक्न नहुने बैंकरहरुको विरोधका बाबजुत समितिले कार्यकाल तोकेर विधेयक मस्यौदालाई अन्तिम रुप दिएको छ ।

यस्तै, संबैधानिक पद धारण गरेका व्यक्ति पदाधिकारी बन्न नपाउने गरि संसोधन समेत विधेयकमा गरिएको छ । सांसदहरु उदय नेपाली जनता बैक, उमेश श्रेष्ठ प्राईम बैक, इच्छाराज तामाङ सिभिल बैक र  विरेन्द्र महतो माछापुच्छ्रे बैकको संचालक समितिमा छन् ।

तपाईको प्रतिक्रिया