एपीएफ साहारा सुरुङ्गा गोल्डकपको सेमिफाइनलमा

झापा–मंसिर । रमपम झापा–११ लाई टाइब्रेकरमा पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब सहारा सुरुङ्गा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

footbalझपास्थित कनकाई माविको खेल मैदानमा भएको खेलमा झापालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा पुगेको हो । एपीएफका लागि अञ्जन विष्ट, नविन लामा, आदित्य चौधरी, मिलन राई र पासाङ लामाले गोल गरे । झापाका लागि योगेश गुरुङ, रवी थापा मगर, दिलेन लोक्तान र रञ्जित श्रेष्ठले गोल गरेपनि देवेन्द्र तामाङ टाइब्रेकरमा चुक्दा झापाले आफ्नो हार रोक्न सकेन । खेलअवधि भर दुवैतर्फबाट गोल नभएपछि खेल अतिरिक्त समय हुँदै टाईब्रेकरमा पुगेको थियो । सोमबारको खेलमा एपीएफका रञ्जन विष्ट म्यान अफ द म्याच बने ।

मंगलबार मनाङ मस्र्याङ्दी क्लब र सिएसजी संकटा क्लबबीच खेल हुानेछ । प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २ लाख ५१ हजार १ सय ११ रुपैयाा पाउने आयोजक संस्था झापा जेसिसले जानकारी दिएको छ ।

Published On:  587पटक हेरिएको

तपाईको प्रतिक्रिया