पोर्चुगलमा व्यवसाय गर्दै नेपाल चिनाउँने राजकुमार

rajबासु सत्याल-पोर्चुगल । रोजगारी र अवसरका लागि विदेशिने नेपालीको संख्या पछिल्लाे समय बढ्दाे छ । अस्थिर राजनीति, अवसरको कमी, रोजगारीको अभाव, श्रम अनुसारको पारिश्रमिक नपाउनु लगायत कारण नेपाली युवाहरु विदेशिने क्रम बढेकाे हाे । विदेश जाने र देशलाई धिक्कार्नेको संख्या पनि पनि अहिले बढ्दाे छ ।
तर, विदेशी भूमिमा श्रम गर्ने सबै उस्तै भने छैनन । अवसरको खोजी गर्दै विदेश गएका कैयौं नेपालीले मुलुकको पहिचान बचाउन र अझ उचाे राख्न अहाेरात्र काम गरिरहेका छन् । अवसरको खोजी गर्दै नेपालको पहिचान फैलाउन दिलो ज्यान दिनेहरुकाे पनि कमि छैन अाजकल ।
यस्तै मध्येका एक हुन्, राजकुमार मल्ल, जो पश्चिम यूरोपको पोर्चुगलमा बसेर नेपालको प्रचार/प्रसारमा व्यस्त हुनुहुन्छ ।
पर्वत पाङमा ३५ वर्षअघि जन्मनुभएका राजकुमार अवसरको खोजी गर्दै १३ वर्षअघि पोर्चुगलको राजधानी लिस्बोन पुग्नुभएकाे थियाे । जागिर गरेर पैसा कमाउने भन्दा व्यवसाय गरेर स्वावलम्बी बन्ने भावना बाेक्नुभएका उहाँले नेपाली पन झल्किने व्यवसायको छनौट गरेपछि अाँफूसँगै सिंगो मुलुकका लागि याे व्यवसाय फलदायी ठहरियो । rajj
पोर्चुगलको राजधानी लिस्बोनको क्याम्पो पिकानो भन्ने ठाउँमा रियल नेपाल नामको रेस्टुरेन्ट सञ्चालन गरेपछि राजकुमारले यूरोपमा नेपालको झण्डासहित नेपालीपन फिँजाइरहनु भएकाे छ । लिस्बोन, विश्वकै एक ऐतिहासिक शहर । यूरोपेली मुलुकका बासिन्दाहरुको विश्रामस्थल । विश्वका अधिकांश मुलुकका पर्यटक पुग्छन्, लिस्बोन । लिस्बोनको मुख्य आयश्रोत नै पर्यटन हो । पर्यटकहरुको घना उपस्थिति हुने लिस्बोनमा नेपाल र नेपालीपनको भरमग्दुर प्रचारप्रसार गरिरहेका छन् ।
व्यवसाय त छदै छ, नेपालको पहिचान पनि फैलाउन पाएकोमा खुसी छु, राजकुमार भन्नुहुन्छ । सात समुद्रपारी रहेर पनि नेपाली खाना, नेपाली पोशाक अनि नेपाली संस्कार फैलाउन पाउनु गर्वको कुरा हुने उहाँ बताउँनुहुन्छ ।
नेपालीपन झल्किने रेस्टुरेन्ट छ, अाफू, काम गर्ने अरु पनि नेपाली नै छन्। मालिक र कामदार भन्ने भेदभाव छैन । मिलेर बस्छन्, हाँसेर काम गर्छन् । नेपाली र नेपालीपन फैलाउन पाएकोमा सबै खुसी र दंग छन् ।
रेस्टुरेन्टका भित्ता हिमाल, पहाड र तराईका तस्वीरहरुले भरिएका छन् । नेपाली सम्पदाका तस्वीर जताततै देख्न सकिन्छन् । नेपालीपन झल्किने तस्वीरहरुले पर्यटकहरुलाई नेपाल घुम्न जानैपर्ने सन्देश दिइरहेका हुन्छन् । आफ्नो रेस्टुरेन्टमा आउने र लिस्बोनमा भेटिने विदेशीहरुलाई नेपालका बारेमा सुनाइहाल्नुहुन्छ, राजकुमार । पाहुनाहरुलाई नेपालका बारेमा सुनाउँछु र नेपाल घुम्न जानुपर्छ है भनेर उत्साह जगाउँछु, उनी भन्छन्। युरोपेली पर्यटक नेपाल पठाउन सके नेपालको आर्थिक अवस्थामा पनि सुधार आउने बुझाइ उहाँकाे छ । नेपालमा पर्यटनको उचित विकास गर्न सके रोगजारीका लािग नेपालीहरु विदेशिनु पर्दैन, उहाँ भन्नुहुन्छ । नेपाल सरकारले पनि पछिल्लो समय पर्यटक आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । गत वर्षको भूकम्पपछि नेपाल सुरक्षित छ भन्नेअभियान थालेको सरकारले नेपालको बारेमा विदेशमा उचित प्रचार गर्न नसकेको गुनासो राजकुमारकाे छ । यूरोप र अमेरिकी पर्यटक तान्न सके मात्रै नेपालको पर्यटनले गति लिन्छ, एक्लो प्रयासले मात्रै हुँदैन, नागरिक तहदेखि सरकारी निकायसम्म सबैले हातेमालो गरेमात्र संभव हुने उहाँकाे बुझाइ छ ।  सिंगाे देश एक भएर लाग्न सके मात्र सफलता हात लाग्छ, उहाँ भन्नुहुन्छ ।
विश्व फुटबलका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोको देश पोर्चुगल । नेपालमा रोनाल्डोका थुप्रै फ्यान छन्। पोर्चुगलमा हजाराैँ नेपाली छन् । कैयौंले रोजगारी पाएका छन् । कतिपयले व्यवसाय गरेका छन् । पोर्चुगलमा आर्जन गरेको कमाईले घरपरिवारलाई सन्तुष्टि दिएका छन्। पोर्चुगलबाट पनि छुट्टी मनाउन नेपाल जाने पर्यटकको संख्या बढ्दाे छ । यसलाई अझै वृद्धि गर्ने योजना राजकुमारकाे छ ।
पोर्चुगलमा नेपालीको संख्या पनि बढ्दै छ । पर्यटन, कृषि, होटल तथा औद्योगिक क्षेत्रमा नेपालीहरुले रोगजारी पाइरहेका छन्। तर, सरकारले दूतावास स्थापना नगरिदिँदा असजिलो भएको अधिकांश नेपालीहरुसँगै राजकुमारको पनि गुनासो छ । दुई देशबीचको सम्बन्ध वृद्धि गर्न र पर्यटन प्रवद्र्धन गर्न सरकारले आवश्यक कदम चाल्न नसक्नु देशकै लागि घाटा हुने बुझाइ उहाँमा छ ।
व्यवसायी राजकुमारकाे छबी समाजसेवीका रुपमा पनि उच्च छ । पर्वत समाज पोर्चुगलको अध्यक्ष रहनुभएका उहाँ गैरआवासीय नेपाली संघ पोर्चुगलको सल्लाहकार समेत हुनुहुन्छ । पोर्चुगलमा रहेका नेपालीहरुका विभिन्न संघ संगठनलाई नजिकबाट नियाल्ने उहाँ पोर्चुगल अाउने नेपालीहरुलाई सहयोग गर्नु र नेपालकाे प्रचार/प्रसार अाफ्नाे पहिलो दायित्व भएकाे बताउँनुहुन्छ ।

तपाईको प्रतिक्रिया