काठमाडौं–मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल मुख्य सचविव सहितका सरकारका सबै सचिवहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले सबै सचिवहरूलाई प्रधानमन्त्री कार्यालय सिंहदरवार बोलाई सचिवहरूको कार्य सम्पादन ठीक नभएको भन्दै प्रभावकारी काम गर्न निर्देशन दिनुभएको हो ।

कडा रूपमा प्रस्तुत हुनुभएका प्रधानमन्त्री दाहाले पदीय दायित्व र जिम्वारीबाट सबैजसो सचिवहरू चुकेको र ढिलासुस्तीयुक्त कार्यसम्पादन शैलीका कारण सरकारका मुख्य कामहरू समेत प्रभावित बनेको बताउनुभयो । सरकारका महत्वपूर्ण कामकारवाहीमा हालसम्म ढिलासुस्ती भएको भए पनि अब तीव्र गतिमा काम गर्न उनले सचिवहरूलाई निर्देशन दिनुभएको हो ।