मंसिर–काठमाडौं । सांददहरूको तलब भक्ता बढेर झण्डै एक लाख रूपैयाँ पुगेको छ । सांसदहरुले बडि सेवा सुविधा लिएक गुनासो जनस्तरबाट बढेका बेला व्यवस्थापिका संसदमा आइतबार सांसदहरुको तलब भत्ता बढाउने निर्णय गरिएको हो । सांसदहरुको मासिक पारिश्रमिक ५५ हजार २ सय ३० रुपैयाँ तोकिएको छ । ‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसदले आइतबार संशोधनसहित बहुमतले पारित गरेको हो ।
बेला–बेलामा सेवा सुविधा थप्दै आएका सांसदहरूले यसअघि पनि पटक–पटक सेवा सुविधा कम भएको गुनासो गर्दै आएका थिए । विधेयकमा प्रमुख दलहरुको तर्फबाट कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले संशोधन हालेका थिए । सांसदहरूले मासिक तलब वाहेक विभिन्न शीर्षकमा भत्ता पाउँदै आएका छन् ।