हेर्नुहोस उपचार खर्च वितरणको नालीबेली, गणतन्त्रपछि मात्रै ४ अर्ब स्वाहा

 काठमाडौं – मंसिर । दुर्गममा सामान्य स्वास्थ्य उपचारको अभावमा नागरिकको मृत्यु भईरहदा भीआइपी उपचारको नाममा भने गणतन्त्र स्थापना पछी मात्रै राज्यकोषबाट ४ अर्ब भन्दा रकम खर्च भएको छ । यसरी जनताले तिरेको करबाट आफ्नो आसेपासेलाई रकम बितरण गर्ने गणतन्त्र नेपालका प्रधानमन्त्री मध्ये सबै भन्दा बढी रकम तत्कालिन प्रधानमन्त्री तथा ने क पा एमालेका अध्यक्ष के पी शर्मा ओलीको पालामा भएको छ । उनले आफ्नो प्रधानमन्त्री कालमा राज्य कोषबाट २५ करोड भन्दा बढी रकम बितरण गरेका छन् ।capture

  त्यस्तै राज्यको कोषबाट उपचारका नाम रकम बितरण गर्ने मध्ये दोस्रो नम्बरमा तत्कालिन एमाओवादी नेता तथा प्रधानमन्त्री बाबुराम भट्टराई परेका छन् । उनको प्रधानमन्त्री कालमा झण्डै २० करोड भन्दा बढी रकम राज्यकोषबाट बितरण गरेको पाईएको छ । नेकपा एमाले कै अर्का नेता माधवकुमार नेपालको प्रधानमन्त्री कालमा उपचार खर्चका नाम राज्यकोषबाट झन्डै १८ करोड भन्दा बढी रकम बितरण भएको छ भने राज्यकोषबाटै मोटो रकम बितरण गर्ने अर्का प्रधानमन्त्री हुन् तत्कालिन नेपाली काङग्रेसका सभापती शुशिल कोईराला । उनको प्रधानमन्त्री कालमा राज्यकोषबाट झन्डै १७ करोड भन्दा बढी रकम भिआईपीको उपचार खर्चका नाममा दुररुपयोग भएको छ । त्यसै गरी चुनावी सरकारका रुपमा मन्त्री परिषदको अध्यक्ष बनेका खिलराज रेग्मीले करिव १६ करोड, नेकपा एमालेका नेता तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले करिव १५ करोड भन्दा बढी रकम बितरण गरेका छन् । आफ्नो प्रधानमन्त्री कालमा सबभन्दा कम रकम बितरण गर्ने प्रधानमन्त्री गणतन्त्र नेपालका चुनावी सरकारका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड हुन् । उनले आफ्नो पहिलो प्रधान्नमन्त्री कालमा करिव ६ करोड रकम बितरण गरेका छन् । त्यसै गरी शान्ती प्रकृया पछी बनेको पहिलो सरकार प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले करिव ८ करोड बितरण गरेको तथ्यङ्कले देखाउछ् । जनताको हक र स्वतन्त्रताको लागी भएको दोस्रो जनआन्दोलनबाटै सत्तामा पुगेका नेताहरुलाई राज्यकोषबाट उपचार खर्चका नाममा मोटो रकम लिन दिन न कुनै अवरोध छ, न त कुनै कानुनको पालना ?

यस्तो छ उपचार खर्च लिनेको तथ्यङ्क :

उपचारका नाममा राज्य कोषबाट रकम लिनेको अग्रस्थानमा पूर्व कांग्रेस सभापति शुसिल कोइराला छन् उनले नौ पटक गरेर राज्यकोषबाट १ करोड ८७ लाख १७ हजार ९ सय ७४ रुपैया उपचार तथा आर्थिक सहायताका नाममा बुझेको देखिन्छ । यसपछि उपचारका लागि राज्यकोषबाट नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १ करोड २६ लाख ३५ हजार १ सय ३७ रुपैया लिएको देखिन्छ । पूर्वराष्ट्रपति रामवरण यादवले भारत र अमेरिकामा उपचार गर्दा सरकारबाट ७० लाख रुपैया लिएका छन् । त्यस्तै भ्रष्टचारको मुद्दामा जेल गएर आएका पूर्वगृहमन्त्री खु्मबहादुर खड्कालाई पनि सरकारले २० लाख रूपैया स्वास्थ्य उपचारका लागि भन्दै दिएको थियो । यी त स्वास्थ्य उपचारका नाममा राज्यबाट रकम लिने केही उच्च पदस्थ व्यक्ति हुन् यी वाहेक कयौं नेताहरूले स्वास्थ्य उपचारको नाममा लाखौं रूपैया लिएको देखिन्छ । देशका दुर्गम ठाउँका जनताले स्वास्थ्य उपचार नपाएर मरिरहदा सम्पन्न नेताहरूलाई भने लुटैलुट र छुटैछुट छ ।भीआइपी उपचारको नाममा यसरी राज्य कोषको दुरूपयोग हुनु सामान्ती संस्कारकै पुनारावृति भएको विश्लेषकहरू बताउछन् । देशमा गणतन्त्र स्थापना भएको यतिका बर्ष वित्तिसक्दा समेत राज्यकोष राणाकालीन समय र राजतन्त्रकै शैलीमा दोहन भइरहेको राजनितीक बिश्लेषक कपिल श्रेष्ठ बताउछन् ।

दोस्रो जनआन्दोलन यताको  १० वर्षमा सरकारले आर्थिक सहायता सम्बन्धी बजेटमा ८ सय प्रतिशत भन्दा बढीले वृद्धि गरेको छ । एकै वर्ष सरकारले साढे २ अर्ब रुपैया सम्म आर्थिक सहायता र उपचार खर्चका नाममा रकम वितरण गरेको देखिन्छ । आव ०६३ र ६४ देखि ०७३ र ७४ सम्म आइपुग्दा सरकारले आर्थिक सहायता र उपचार खर्चका नाममा ३ अर्ब ८८ करोड ९ लाख ७६ रुपैया खर्च गरेको तथ्याङ्क छ । पछिल्लो समय स्वास्थ्य मन्त्रालयले भीआइपीको स्वास्थ्य उपचार खर्च सिमित गरेर १५ लाख बनाउने तयारी गरीरहेका बेला सरकारले यसको वेवस्ता गर्दै कांग्रेस नेतृ सुजता कोइरालालाई ५० लाख दिने निर्णय ग¥यो । जसको जनस्तरबाट चर्को आलोचना पनि भए पछी नेताको उपचार खर्चका नालीवेली बाहिर आउन थालेको छन् ।

तपाईको प्रतिक्रिया