सामेवेशी खोज्नु भन्दा योग्यता बढाउनु ठीक हो : प्रधानन्यायाधीश कार्की

सप्तरी–मंसिर । प्रधानन्यायाधीश सुशिला कार्कीले अनावश्यक ठाउँमा समानुपातिक समावेशी लागु गर्दा त्यसले समस्या निम्त्याउने बताउनुभएको छ । शुक्रवार सप्तरीको छिन्न्मस्ता शक्तिपीठमा पूजापाठ गर्न जानुभएकी प्रधानन्यायाधीश कार्कीले राजविराजमा पत्रकारहरुसँग समावेशीका लागि पनि योग्यता हासिल गरेको व्यक्ति हुनुपर्ने पर्ने यदि त्यो हुन नसके त्यसले समस्या निम्त्याउने धारणा राख्नुभयो ।

sushila-karkiकार्कीले संस्कृतिसँगसँगै परिवर्तनलाई पनि आत्मसाथ गर्न सक्नुपर्ने बताउनुभयो ।  कार्कीले भन्नुभयो ‘छोरी बुहारीलाई नपढाउने, घुम्टोभित्र राख्ने अनि समावेशीको कुरा गर्नु ठीक हुँदैन’ । प्रधानन्यायाधीश कार्कीले मुद्दा हार्यो कि न्यायाधीशले घूस खायो भन्ने चलन भन्ने  मौलाउँदै गएको पनि बताउनुभयो । उहाँले न्यायालयमा भ्रष्टाचारको हावा पनि बग्ने गरेको भन्दै सबै स्वच्छ छवि भएका न्यायाधीशलाई त्यसका मुछ्न नहुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया