काठमाडौं–मंसिर । सूर्य नेपाल प्रालि यस बर्ष सबैभन्दा बढि कर तिर्ने कम्पनी बनेको छ । आन्तरिक राजश्व विभागले पाचौ राष्ट्रिय कर दिवसका अवसरमा बुधवार गरेको कार्यक्रमा सूर्य नेपाल प्रालिलाई सबै भन्दा बढी कर तिर्ने कम्पनी घोषणा गरेको हो ।
सूर्य नेपालले यस बर्ष आयकर, मुल्य अभिवृद्धि कर, र अन्तशुल्क कर गरी ११ अर्ब २५ करोड ८९ लाख रुपैया कर सरकारलाई बुझाएको छ । यो रकम मुलुकभरबाट कर तिर्ने कम्पनीहरु मध्येबाट सबै भन्दा बढी रकम हो । त्यसैगरी निर्यातकर्ता कम्पनीहरुबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल प्रा.लि.रहेको छ ।
विशेष उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने युनिलिभर नेपाल लि, कृषि एवम् पशुपन्छीजन्य उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता ओम चाओविरो फिड इण्डष्ट्रिज, सहकारी संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने राष्ट्रिय सहकारी बैंक लिमिटेड, लघुवित्त सेवामध्ये सबैभन्दा बढी आयकर तिर्ने छिमेक लघु वित्त विकास बैंक, बैंक बित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने नविल बैंक लिमिटेड पनि सम्मानित भएका छन् ।