रसुवागडी नाका तीन दिनका लागि बन्द

रसुवा–मंसिर । नेपाल र चीनबीच सञ्चालनमा रहेको एकमात्र व्यापारिक रसुवागढी नाका बन्द भएको छ । बैशाख १२ को विनासकारी भूकम्पले क्षति पुगेको सडकको मर्मत तथा स्तरउन्नतीको क्रममा ढुङ्गा हटाउन बिष्फोट गराउनुपर्ने भन्दै चिनियाँ पक्षले बुधवारदेखि तीन दिन रसुवागढीनाका हँुदै केरुङ प्रवेशमा रोक लगाएको हो ।

naka-rasuwagadhiभूकम्पले क्षति पुगेको टिमुरेदेखि केरुङ बजारसम्मको सडकको गत असोज २० गतेदेखि स्तरउन्नतीको काम भइरहेकाले पहिरो पन्छाउन विष्फोटक पदार्थको प्रयोग गर्न सडक बन्द गरेको जानकारी चिनियाँ पक्षले गराएको रसुवागढी भन्सार कार्यालय प्रमुख केदार पनेरुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया