पछिल्लो समय नजिकिंदै दल प्रमुख दल

काठमाडौं–कार्तिक । संविधान जारी भएदेखि नै तीन धुव्रमा बांडिएका प्रमुख तीन दल संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावपछि नजिकिएका छन् । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पास गर्ने उद्देश्यका लागि नजिकिएका प्रमुख राजनीतिक दलहरु अन्य विषयमा पनि याकेजमै सहमति खोज्नेगरि अघि बढ्न तयार भएको प्रतिकृया दिन थालेका छन् । अन्य बेला एक अर्कोप्रति आक्रामक र विरोधमा समय खर्चिने दलहरु नेपालमा आइपर्ने ठूला संकट समाधानको लागि एकजुट हुने गरेको र त्यसैको निरन्तरता अहिलेको सामिप्यता भएको उनीहरुको भनाई छ ।

संविधान जारी गर्ने समयसम्म एकजुट रहेका ठूला तीन दल कार्यान्वयनको समयमा भने विभाजित बनेका थिए । जसको कारण अहिलेसम्म पनि प्रभावकारि रुपमा संविधान कार्यान्वय हुन सकेको छैन । तर राजनीतिक दलहरु भने पछिल्लो समयका दलहरुबीचको निकटताले पछिसम्म पनि प्रभाव पार्ने भएकाले एकजुट हुनुको विकल्प नरaहेको बताउंछन् ।
सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षि नेकपा एमालेका १५७ सांसदले अख्तियार प्रमुख कार्कीमाथि संसदमा दर्ता गराएको महाअभियोगको प्रस्ताव पारितका लागि पनि तीन दल मिल्नुको विकल्प देखिन्न । अर्कोतर्फ महाअभियोगका विषयमा संसदको ठूलो दल कांग्रेसले औपचारिक धारणा नबनाइसकेकाले पनि एमाले–माओवादीले कांग्रेसलाई मनाउनको लागि पनि प्याकेजको प्रस्तावमाथि छलफल अघि बढाएको नेताहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया