केही प्रतिशत सम्म थ्रेस होल्ड राख्ने तयारी

काठमाडौं–कार्तिक । निर्वाचन आयोगले १ दशमलब ५ प्रतिशत थ्रेस होल्डको व्यवस्थासहित संसदमा निर्वाचन ऐन सम्बन्धी बिधेयक दर्ता गराएको भइसकेको छ । यो विद्येयक जस्ताको त्यस्तै पारित भए अबको चुनावबाट साना दलहरुको संख्यात्मक उपस्थिति घट्ने छ ।

आयोगले दलीय प्रतिस्पर्धा र संसदमा हुने राजनीतिक उपस्थिति व्यवस्थित गर्न १ दशमलब ५ प्रतिशतको थ्रेस होल्डको व्यवस्था गरेर निर्वाचनसम्बन्धी विद्येयक संसदमा पठाएपनि यो विद्येयकले कानूनी मान्यता भने पाईसकेको छैन् ।

संविधानसभा पूर्वको आम निर्वाचनमा ३ प्रतिशतको थ्रेस होल्ड राखिएको भन्दै अहिले थ्रेस होल्डको आकार बढाउनू पर्ने आवाज समेत उठ्न थालेको छ । यो आवाजसगै राजनीतिक विश्लेषकहरु दुरुपयोग नहुनेगरि ठूलो आकारको थ्रेस होल्ड राखेर राजनीति भित्रको अस्वस्थ प्रतिस्पर्धा र बिकिृति रोक्नुपर्ने बताउँछन् । राजनीति अवसरको खोजी मात्रै होइन देश र जनताको सेवा पनि हो, यसर्थ आगामी निर्वाचन कानुन दल र दलीय व्यवस्था व्यवस्थित गर्ने औजार बन्नु पर्छ ।

तपाईको प्रतिक्रिया