पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवालीसँग प्रधानमन्त्री रूष्ट

काठमाडौं–कार्तिक । काम नगर्ने र भूकम्पपछिको पुर्ननिर्माणमा असक्षम ठहरिएका पुर्ननिर्माण प्राधिकरणका सिइओ शुसिल ज्ञवालीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल रूष्ट बन्नुभएको छ ।

prachandaa-1-640x360 प्रधानमन्त्री पुष्पकमल दाहालले ज्ञवालीलाई प्रधानमन्त्री निवासमै बोलाएर प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो ‘अहिलेसम्म कुनै काम पनि प्रभावकारी रुपमा हुन सकेको छैन । सबै अपजस जति मेरो टाउकोमा आएको छ’ ।

प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएदेखि नै पुन:निर्माण र राहतको कामलाई तीव्रता दिन आग्रह गरेके भन्दै अहिलेसम्म किन राम्रो काम हुन सकेन भन्दै गर्नुभएको थियो । आक्रामक रुपमा प्रस्तुत भएका प्रधानमन्त्रीले आगामी आइतबार प्राधिकरणले हालसम्म गरेको कामका विवरण बुँदागत रुपमा पेश गर्न निर्देशन दिनुभएको छ ।

Published On:  371पटक हेरिएको

तपाईको प्रतिक्रिया