काठमाडौं–कार्तिक । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली कांग्रेस नेतृ सुजता कोइरालाई स्वास्थ्य उपचार खर्च भन्दै ५० लाख दिने निर्णय गर्यो ।
यति नै बेला कांग्रेसबाटै स्वास्थ्य मन्त्री बनेका गगन थापाले विशिष्ट व्यक्तिको उपचार खर्चको नाममा हुँदै आएको खर्चलाई सिमित गर्ने योजना अगाडि बढाई रहेका छन् । स्वास्थ्य मन्त्रालयले मेडिकल सिफारिसका आधारमा विशिष्ट व्यक्तिलाई उपचारका लागि बढीमा १५ लाख रुपैयाँ सम्म दिने योजना अगाडि बढाइरहँदा मन्त्रिपरिषद्ले कांग्रेस नेतृ सुजता कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ । जबकी सबै खाले क्यान्सर रोगको उपचार नेपालमै सम्भव भएको क्यानसर रोग विषेशज्ञ डाक्टर सुदिप श्रेष्ठ चिकित्सक बताउँहुन्छ ।
एकातिर स्वास्थ्य मन्त्रालयले विशिष्ट व्यक्तिको उपचार खर्च सिमित गर्ने योजना बनाउने अनि अर्कोतिर मन्त्रीपरिषद्ले सुजाता कोइरालाई ५० लाख सरकारी रकम दिने निर्णयले स्वास्थ्य मन्त्रालयको तयारीको खिल्ली उठाएको छ । आफ्नै देशमा उपलब्ध सेवा सुविधाको उपयोग गर्न छाडेर कसैलाई पनि क्यान्सरको उपचारका लागि बाहिर जानुपर्ने अवस्था नरहेको चिकित्सक बताउँछन् ।
क्यान्सर रोग र यसको उपचारमा प्रयोग हुने सबै खाले प्रविधि नेपालमै रहेको सम्बन्धित क्षेत्रका चिकित्सको भनाइ छ । कांग्रेस नेतृ सुजाता कोईरालालाई उपचारका लागि ५० लाख रुपैयाँ दिने सरकारी निर्णयको सांसदहरुले पनि विरोध गरिरहेका छन् ।