काठमाडौं–कार्तिक । के तपाईलाई थाहा छ एक दिनको नेपाल बन्दमा कति आर्थिक क्षति हुन्छ ? एकदिनको नेपाल बन्दमा झण्डै ६ अर्व बराबरको आर्थिक क्षति हुन्छ । अर्थ विज्ञकाअनुसार अनुसार अहिलेको परिस्थितिमा एक दिन नेपाल बन्द हुँुदा ३ अर्वदेखि ६ अर्वसम्म प्रत्यक्ष आर्थिक क्षति हुन्छ ।
यदि बन्दको असर पचास प्रतिशत सम्म परे एक दिनमा ३ अर्व र पूर्ण रूपमा असर परे ६ अर्व बराबरको आर्थिक क्षति हुने अर्थविद् डाक्टर चन्द्रमणि अधिकारी बताउनुहुन्छ । आइतबार नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले बन्दको आह्वान गर्दा देशभर उद्योग व्यपार र व्यवसाथमा आर्थिक क्षति पुग्यो । चन्द नेतृत्वको माओवादीको घोषित बन्दका बन्दका कारण उद्योग धन्दा खुल्न सकेनन् भने व्यापार व्यवासाय सहज रूपले सुचारू हुन सकेन ।
एक दिन नेपाल बन्द हुँदा पनि त्यसले कुल गार्हस्थ उत्दपानमा ठूलो असर पुर्याउने अर्थविद्को विश्लेषण छ । आइतबारको बन्दले असर ठूला व्ययापारीलाई मात्र हैन साना व्यपारीलाई पनि नराम्ररी प्रभावित पार्यो । नेपालमा आफ्मा माग पूरा गर्ने वहानमा गरिदै आएका पटक पटकका बन्दले आर्थिक क्षेत्रलाई नराम्ररी प्रभावित पार्ने गरेको छ ।