साँचि नेपालको फुटबल कमजोर हैन रहेछ : फेरी फाइनमा नेपाली फुटबल

काठमाडौं–कार्तिक । नेपाल एएपफसी सोलिडारिटी कप फुटवलको फाइनलमा प्रवेश फेरी आफूलाई कमजोर नरहेको सावित गरेको छ । यसअघि साफ च्याम्पयिन, बन्गबन्धु गोल्डकपको उपाधि हात पारेको नेपाली टोली फेरी एएपफसी सोलिडारिटी कप फुटवलको फनाइलमा प्रवेश गरेको हो ।  मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनल खेलमा नेपालले लाओसलाई ट्राइबेकरमा ३–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

football-teamकुचिङस्थित नेगेरी स्टेडियममा भएको खेलको निर्धा्रित ९० मिनेट र थप गरिएको ३० मिनेटमा समेत नेपाल र लाओसले २–२ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा नेपालका हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गर्दा लाओसको ३ ओटै प्रहार नेपालका गोलकिपर किरण चेमजोङले विफल बनाइ नेपालको सान कायम गरेका थिए ।

Published On:  573पटक हेरिएको

तपाईको प्रतिक्रिया