राखीले मोदीको अपमान गरेको ठहर

मुम्बई–बलिउड आइटम गर्ल तथा अभिनेत्री राखी सावन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अपमान गरेको भन्दै मुद्दा  दायर गरिएको छ । राजस्थानको राजसमंद जिल्लामा राखी विरुद्ध मुद्दा दर्ता गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । राखीमाथि मोदीको  फोटो भएको कपडा लगाएर प्रधानमन्त्रीको अपमान गरेको आरोप लगाइएको छ ।

rakhi-2अधिवक्ता प्रजीत तिवारीले अदालतमा अभिनेत्री राखी सावन्तले कालो रंगको कपडा लगाएर सोसल मिडियामा शेयर गरेर पछि सो कपडामा प्रधानमन्त्रीको तस्बीर फोटोसमेत राखेको भन्दै राखीलाई कारवाही गर्न माग गरेका छन् ।  उनले सो कपडा लगाएर राखीले प्रधानमन्त्री मोदीको अपमान गरेको जिकिर गरेका छन् ।

सो मुद्दामाथि सुनुवाई गर्दै अदालतले सो विषयमा छानविन गर्न प्रहरीलाई आदेश दिएको संचारमाध्यमले जनाएका छन् । प्रहरीले भारतीय दंड संहिताको धारा २९२, २९३, २९४, ५०१ र महिला अश्लिल निरुपण अधिनियमको धारा अनुसार राखी विरुद्ध छानविन गरिरहेको बताइएको छ ।

Published On:  561पटक हेरिएको

तपाईको प्रतिक्रिया