हरेक चार दिनमा एक पत्रकारको मृत्यु

एजेन्सी –युनेस्कोले हरेक साढे चार दिनमा विश्वभरमा एक पत्रकारको मृत्यु   हुने गरेको नयाा तथ्याङक सार्वजनिक गरेको छ । युनेस्कोले सार्वजनिक गरेको एक तथ्याङक अनुसार हरेक साढे चार दिनमा विश्वमा कम्तिमा एक जना पत्रकारको मृत्यु  हुने गरेको पाइएको छ ।

उक्त तथ्याङक अनुसार सन् २०१५ देखि २०१५ सम्ममा हालसम्म विश्वमा ८ सय २७ पत्रकारको मृत्यु  भएको जनाइएको छ । बितेको वर्ष मात्र विश्वमा १ सय १५ पत्रकारको मृत्यु  भएको बताइएको छ । journalist

विश्वमा भड्किएको द्वन्द्वमा परी मृत्यु हुने पत्रकार ५९ प्रतिशत रहेका छन् । सो तथ्याङकले पत्रकारको हालत खाडी मुलुकमा अझ भयावह भएको देखाएको छ । विश्वभर बितेको २ वर्षमा २ सय १३ पत्रकारको मृत्यु  भएकोमा अरब मुलुकमा मारिने पत्रकारको संख्या ७८ जना रहेको छ ।

मृत्यु भएका  ९० प्रतिशत पत्रकार स्थानीय हुने गरेको समेत युनेस्कोले जनाएको छ । युनेस्कोका अनुसार इराक, सिरिया, यमन, लिबिया तथा भारतमा मृत्यु  हुने पत्रकारको संख्या उच्च रहेको छ ।

Published On:  604पटक हेरिएको

तपाईको प्रतिक्रिया