काठमाडौं–कार्तिक । स्वास्थ्य मन्त्रालयले भीआइपीहरूलाई विरामी हँुदा दिदैं आएको अन्धाधुन्ध खर्च कटौति गरेर सिमित गर्ने योजना बनाएको हो । भीआइपी व्यक्तिले स्वास्थ्य उपचारको नाममा सरकारसँग अन्धाधुन्ध रकम मागेर दुरूपयोग गर्ने गरेको ठहर गर्दै स्वास्थ्य मन्त्रालयले भीआइपी विरामी हुँदा दिइने खर्चलाई सिमित गर्ने योजना बनाएको हो स्वास्थ्य मन्त्री गगन थापाले बताउनुभयो ।
मन्त्रालयले तयार गरेको योजना अनुसार अब भीआइपी व्यक्तिलाई मेडिकल सिफारिसको आधारमा बढिमा १५ लाख रूपैयाँ स्वास्थ्य खर्च दिइनेछ । मन्त्रालयले तयार पारेको यो योजना कार्यान्वयन आउन सके भीआइपी व्यक्तीले स्वास्थ्य उपचारको नाममा आफूखुसी रकम माग गर्न पाउने छैनन् ।
स्वास्थ्य मन्त्री गगन थापाका अनुसार कुनै पनि भीआइपी व्यक्तिको स्वास्थ्य उपचार नेपालमै गर्ने प्रबन्ध मिलाउने र सरकारकै रहोबरमा उनीहरूको उपचार गर्ने कुरालाई मन्त्रालयले प्रथामिकता दिएको छ । भीआइपीहरूको स्वास्थ्य उपचार सिमित गर्ने कुरा यसअघि नै चलेपनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । नेपालमा विभिन्न राजनीतिक दलका नेता केही हुने वित्तिकै राज्यको खर्चमा विदेश उपचार गर्न परिपाटी छ ।