नेपाललाई पर्यटन हबको रूपमा विकास गर्नुपर्छ :हरि बस्ताकोटी

काठमाडौं–कार्तिक । नेपालमा पर्यटनको प्रशस्तै सम्भावना छ । पर्यटकीय दृष्टिले पनि नेपाल विश्वकै उत्कृष्ठ पर्यटकीय गन्तब्य हो । तर देशमा लामो समयदेखि

  राजनीतिक अस्थिरता र राजनीतिक अदूरदर्शिताका कारण अथाह सम्भावना बोकेर पनि पर्यटन क्षेत्रको अपेक्षाकृत विकास हुन सकेको छैन । सुन्दर हिमालय क्षेत्र, तालहरू, धार्मिक तथा ऐतिहासिक महत्व बोकेका स्थलहरू र वन जङ्गल नेपालका घुम्न लायक प्राकृतिक स्रोत हुन् ।

नेपाल भूपरिबेष्ठित राष्ट्र भएका

 कारणले विकासमा चाहे जस्तो फड्को मार्न सकेको छैन । भूपरिबेष्ठित राष्ट्र नै भएपनि विश्वमा केही देशले आफूलाई विश्वको सम्पन्न देशको रूपमा उभ्याएका छन् ।

नेपाललाई पनि पर्यटन क्षेत्रको विकास गरेर देशलाई सम्बृद्ध बनाउने प्रचुर सम्भावना छन् तर त्यसलाई सरकारले पहिचान गरेर सही दिशा लिनुपर्ने आवश्यकता छ । यस्तै, विविध सन्र्दभमा रहेर पर्यटन क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका पर्यटन व्यवसायी हरि बस्ताकोटीसँ

ग नेपाल परिक्रममा सम्बाददाताले गरेको कुराकानी :

–नेपालको अहिलेको पर्यटन क्षेत्रलाई कसरी नियाल्नु भएको छ ?
अहिले नेपालको पर्यटन क्षेत्र शिशु अवस्थामै छ भन्दा सायद फरक नर्फला । नेपालमा पर्यटन विकासको प्रचुर सम्भावना छ । नेपाल पर्यटकीय दृष्टिले पनि विश्वकै उत्कृष्ठ देश हो । यहाँका मनोरम हिम श्रङ्ख्ला, धार्मिक तथा ऐतिहासिक महत्व बोकेका ठाउँहरू, बन जङ्गल ताल तलैया आदि जो कोही लागि घु्म्ने पर्ने खालका छन् । यि र यस्तै कुराहरूले गर्दा नेपालको आर्थिक वि

कासको एक मात्र बलियो सम्भावना भनेको पर्यटन नै हो । यसमा कसैको दुईमत छैन ।

–बर्तमान समयमा पर्यटन क्षेत्रको विकास र यो क्षेत्रको विकासका लागि सरकारले खेल्नुपर्ने भूमिकाबारे के भन्नुहुन्छ ?

अहिलेको अवस्थामा नेपालमा पर्यटन क्षेत्रमा जति विकास हुनुपर्ने थियो त्यो भएको मैले पाएको छैन । मैले अगाडि भनिसके सम्भावना धेरै भएर पनि त्यसको सही सदुपयोग हुन सकिरहेको छैन । प्रमुख राजनीतिक दल र सरकारले पर्यटन क्षेत्रको विकासमा चासो नदिदा पर्यटन विकासले सोचे जस्तो गति लिन सकेको छैन । फेरी पर्यटन क्षेत्र र योसँग सम्बन्धित व्यवासय संवेदनशील पनि छ । नेपालमा पर्यटन क्षेत्रमा ठूूलो लगानी छ तर राज्यले पर्यटन प्रवद्धन गर्न नसक्दा कतै नेपालको पर्यटन व्यवयाय नै धरापमा पर्ने त होइन भन्ने शंका पनि उब्जिएको छ । नेपालमा धेरै सांस्कृतिक र धार्मिक महत्व बोकेका ठाउँहरूपनि छन् ती ठाउँहरूको प्रचार गरेर धार्मिक पर्यटनको विकास गर्नतर्फ सरकारले अझै ध्यान दिन सकेको छैन ।

– सरकारले पर्यटनको विकासका लागि के गर्नुपर्ला ?

सर्वप्रथम सरकारले नेपालमा जति पनि पर्यटकीय स्थलहरू छन् ति ठाउँहरूलाई विश्वमा नै चिनाउन अभियान चलाउनुपर्छ । भएका पर्यटकीय ठाउँहरूलाई व्यवस्थित र विकास गनुपर्‍यो । पर्यटकीय स्थलसम्म पुग्न त्यही किसिमको सुविधा हुनुपर्‍यो । अनि अर्को प्रमुख कुरा भनेको कुनै पनि नेपाल घुम्न आउने पर्यटकलाई सुरक्षाको अनुभूति गराउन सक्नुपर्‍यो । यसो गर्दा उसले उस्ले आफ्ना साथीहरूलाई नेपाल बारे राम्रो सन्देश दिन सक्छ । नेपाल घुम्न आएका पर्यटकलाई सरकारले सबै किसिमका सुविधा उपलब्ध गराउन सक्नुपर्‍यो । पर्यटन व्यवसायीलाई सरकारले कुनै न कुनै माध्यमबाट प्रोत्सहान गर्नु पर्दछ ।

– पर्यटन प्रवद्धन कसरी गर्न सकिएला ?

भएका पर्यटकीय स्थलहरू सुन्दरता निरन्तर कायम राख्न नागरिक स्तरदेखि सरकारसम्म लागि पर्नुपर्दछ । सरकारले पर्यटन सम्बन्धी एउटा राम्रो नीति बनाएर त्यसलाई विश्वमै प्रचार गर्न सके त्यसैको प्रभावमा नेपालमा विदेशी पाहुनाहरू आउने वातावरण सृजना हुन्छ । आफ्ना भएका राम्रा कुरालाई सकेसम्म बढि प्रचार गर्न सक्यो भने नै राम्रोसँग पर्यटन प्रर्वद्धन हुन सक्दछ ।

– अन्त्यमा नेपाल परिक्रमा मार्फत नेपाललाई विश्वकै उत्कृष्ठ पर्यटकीय देशमा रूपमा विकास गर्न के सुझाउनुहुन्छ ?

सबैलाई थाहा भएकै कुरा नेपाल भूपरिबेष्ठित राष्ट्र अनि त्यसमाथि पनि एक गरिव राष्ट्र हो । यदि नेपालको विकास गर्ने हो भने नेपाललाई पर्यटन हबको रूपमा विकास गर्नुपर्छ । नेपालको आर्थिक सम्बृद्धिमा पयर्टनले ठूलो भूमिका खेल्न सक्छ । र पर्यटन क्षेत्र नेपालका लागि एउटा त्यस्तो क्षेत्र हो जसको विकासबाट नेपाललाई विश्वमै चिनाउन सकिन्छ । त्यसैले सरकारले पर्यटन क्षेत्रको विकासको लागि विशेष योजना बनाएर पर्यटनको विकास गर्नतर्फ लाग्नु पर्दछ । –धन्यवाद

तपाईको प्रतिक्रिया