लोकमान सहित ४ जनालाई लिखित जवाफ सहित उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं–कार्तिक । सर्वोच्च अदालतले अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीसहित चार जनालाई लिखित जवाफ सहित सर्वोच्चमा उपस्थित हुन आदेश दिएको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले ‘सजाय नगर्नु पर्ने कुनै आधार र कारण भए सात दिनभित्र स्वयम् आफैं उपस्थित भई लिखित जवाफ पेश गर्नु भनि निवेदनमा विपक्षी बनाइएका व्यक्तिहरुलाई निवेदनको प्रतिलिपिसहित म्याद सूचना तत्काल जारी गर्नू ।’ भनी आदेश जारी गरेको हो ।

कार्कीको योग्यतासम्वन्धी मुद्दामा पुनरावलोकनको फैसलापछि म्याद तामेलीमा अवरोध भएको भन्दै कार्की, उनका ज्वाइासहित चार जनालाई कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा निवेदन दिनुभएको थियो । निवेदनमा कार्कीसहित ज्वाई प्रवल थापा, पूर्वकानुन सचिव एवं कार्कीका नातेदार प्रमोद कार्की र नेपाल प्रहरीका सई नकुलराज गौतमलाई विपक्षी बनाइएको छ ।

Published On:  324पटक हेरिएको

तपाईको प्रतिक्रिया