कांग्रेस सभापति देउवा र मोदीबीच भेटवार्ता

काठमाडौं–कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ । मंगलबारको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले सार्वजनिक सञ्जाल मार्फत भेटको पुष्टि गर्नुभएको छ ।

इण्डिया फउन्डेसनले गोवामा गरेको कार्यक्रममा भाग लिन गत शुक्रबार भारत पुग्नुभएका कांग्रस सभापति देउवाले अन्य राजनीतिक भेटलाई जारी राख्नु बताउनुभएको छ । गोवाको कार्यक्रम सकेर दिल्ली पुगे लगत्तै सभापति देउवाले सोमबार भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियासँग भेटवार्ता गर्नुभएको थियो ।

Published On:  355पटक हेरिएको

तपाईको प्रतिक्रिया