धरहरा निर्माण लागि सेनाद्वारा ६ करोड प्रदान

काठमाडौं–कार्तिक । धरहरा निर्माणका लागि नेपाली सेनाले सरकारलाई ६ करोड, १७ लाख, १३ हजार रूपैयाँ दिएको छ । २०७२ बैखाश १२ गतेको विनाशकारी भूकम्पले ढलेको धरहरा निर्माण सहयोग पुर्‍याउने हेतुले सेनाले उक्त रकम सरकारलाई हस्तान्तरण गरेको हो ।

dharara प्रधान सेनापति राजेन्द्र क्षेत्रीले धरहरा पुर्ननिर्माण कोषमा जम्मा हुने गरी रकम प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गर्नुभएको हो । धरहरा ढलेको यतिका समय वित्तिसक्दा पनि सरकारले अझै धरहरा निर्माणको काम शुरू गर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया