एजेन्सी–अमेरीकमा मंगलबार हुने राष्ट्रपतिय चुनावका कार्यक्रमहरु अन्तिम चरणमा पुगेका छन् । उम्मेद्वार हरुले सम्बोधन, र्याली, विज्ञापन लागायतका कर्यक्रम लाइ तीब्र पार्दै लगेका छन् । वर्तमान राष्ट्रपति बाराक ओबामा डेमोक्रयाटिक पार्टी उम्मेदवार हिलारी क्लिन्टनको कार्यक्रममा सहभागी हुँदै आएका छन् । क्लिन्टनले आफ्नो अभियानमा सेलिब्रेटी हरुलाइ सहभागी गराएकी छिन् ।
इलेनोइ राज्यको क्लेभल्याण्डमा भएको एक कार्यक्रममा क्लिन्टनले चर्चित गायिका बेयोन्से तथा उनका पति जे जेडलाइ सहभागी गरएकी हुन् । तर, विकिलिक्सले क्लिन्टनको निजी इमेल सार्वजनिक गरेपछी उनले डोनाल्ड ट्रम्प विरुद्ध लिएको अग्रता गुमाउँदै गएकी छिन् ।
यौन दुव्र्यवहार तथा अनैतिक कार्यको विभिन्न भिडियोहरु सार्वजनिक भएपछि मत सर्वेक्षणमा पछि परेका ट्रम्प हालसालै क्लिन्टनका निजी इमेलहरु सार्वजनिक भएपछि भने केहि अगाडी देखिएका छन् । त्यस्तै, स्विङ् स्टेट्स भनिने कुनै उम्मेद्वारले जित्ने पक्का नभइसकेका राज्यहरुमा पनि कडा टक्कर देखिएको छ । फ्लोरीडा, पेन्सलभेनिया, ओहायो लगायतका राज्यहरुमा ट्रम्प तथा क्लिन्टनबीच तीब्र प्रतिस्पर्धा रहेको विभिन्न मत सर्वेक्षणले देखाएका छन् ।