एएफ्सी सोलिडारिटी कप फुटबलमा नेपाल बराबरीमा

कार्तिक । एएफ्सी सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले पूर्वी टिमोरसंग गोलरहित बराबरी खेल्यो । मलेसियाको नेगरी रंगशालामा भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन् । नेपालले खेलअवधिभर गोल गर्ने राम्रो अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा पूवी टिमोरसंग एक–एक अंक बाँड्दै चित्त बुझाएको हो । खेलको सातौं मिनेटमा नेपालका नवयुग श्रेष्ठले पाएको वान भर्सेस् वानमा पनि गोल गर्न सकेfootbalनन् ।

त्यस्तै, पहिलो हाफको मध्यतिर गोल गर्ने राम्रो अवसरलाई नेपालले गुमाएको थियो । पहिलो हाफमा गोलरहित खेलको नेपालले दोस्रो हाफमा पनि गोल गर्न सकेनन् । नेपालले प्रहार गरेको दुई सट पोलमा लागेर फर्केको थियो । नेपाल र पूर्वी टिमोरबीच गोलरहित बराबरी भएसंगै ब्रुनाई भने समूह ए बाट सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यसअघि भएको खेलमा ब्रुनाईले पूर्वी टिमोरलाई चार–शून्य गोलअन्तरले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया