कार्तिक–नायिका एवं निर्मात्री पूजना प्रधानले आफूलाई एउटा तन्नेरी केटाको खाँचो रहेको बताएकी छन् । हेर्दामा ह्यान्डसम, बानी ब्यहोरा राम्रो भएको र असल केटा चाहिएको पूजनाले बताएकी हुन् । फिल्म निर्देशनको तयारीमा रहेकी पूजनाले आफूलाई त्यस अनुसारको केटा चाहिएको बताइन् ।

प्रेममा आधारित चलचित्र बनाउने तयारीमा रहेकी पूजना नयाँ र पुराना कलाकार समेटेर फिल्म बनाउने तयारीमा छन् । पूरानो हिरोइनको रूपमा उनी आफैं हुने छिन् भने हिरोसंग छलफल भइरहेको उनले बताएकी छन् ।





