छठ नजिकिएपछि तराई क्षेत्रका हाटबजारमा बढ्यो भीडभाड

सिराह/सप्तरी/रौतहट–कार्तिक। हिन्दू धर्मावलम्वीहरुको पर्व छठ नजिकिएसँगै सिरहाको विभिन्न स्थानमा लाग्ने स्थानीय व्यापारिक हाट बजारहरुमा किनमेल गर्नेहरुको भिड बढेको छ ।

tarai-bzarसिरहाको लाहान, गोलबजार, मिर्चैया, धनगढी, सुखिपूर लगायतका स्थानहरुमा लाग्ने साप्ताहिक हाट बजारहरुमा छठ पर्वका लागि चाहिने समान किन्नेको भीड बढेको हो । यस्तै, सप्तरी, रौतहट जनकपुर लगायत जिल्लमा समेत किनमेल गर्नेहरुको भीड बढेको छ ।

छठ् पर्वमा माटो र बाँसबाट निर्मित समाग्रीहरुको प्रयोग हुने भएकाले पनि बजारमा भीड बढ्ने गर्छ । बजारमा किनमेल गर्नेहरुको चहलपहल बढेका कारण ब्यापार पनि ह्वात्तै बढेको स्थानीय व्यापरीले बताएका छन् ।

Published On:  380पटक हेरिएको

तपाईको प्रतिक्रिया