काठमाडौं–कार्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई लक्षित गरेर काठमाडौंमा विशेष सुरक्षा व्यवस्था लागू गरिदैगर्दा सुर्खेतको एक प्रहरी चौकीबाट हतियार लुटिएको छ ।
सुर्खेतको आग्रीगाउँस्थित देउली प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेर हतियार कब्जा गरेका हुन । क्षेत्रीय प्रहरी प्रमुख डीआईजी माधवप्रसाद नेपालले गाउँलेले चौकीबाट तीनवटा राइफल, एउटा पेस्तोल र एक सय ५० राउण्डभन्दा बढी गोली लुटेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार मदिरा सेवन गरेका स्थानीय युवा र प्रहरीबीच विवाद बढेपछि घरेलु हतियारसहित गएराती चौकीमा आक्रमण गरेर हतियार लुटिएको हो । यता, प्रहरीले लुटिएका सबै हतियार फेला पारेको दावी गरेको छ ।
यता, काठमाडौंमा भने गृह मन्त्रालयले अति विशिष्ट ब्यक्तिको सुरक्षामा अपनाइने ‘क’ वर्गको सुरक्षा रणनीति लागू गरेर भारतीय राष्ट्रपतिलाई सुरक्षा दिइरहेको छ । सरकारले काठमाडौंमा नेपाली सेनाको कमान्डमा चार वटै सुरक्षा निकायका करिव ५ हजार बढी सुरक्षाकर्मी बिशेष सुरक्षाका नाममा खटाउँदा सुर्खेतमा चौकी आक्रमण गरेर हतियार लुटिनु एउटा संयोग मात्रै हो त १