भातरीय राष्ट्रपति मुखर्जी काठमाडौंमा, शिष्टाचार भेटवार्तामा व्यस्त

काठमाडौं–कार्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको छ । इन्डियन एअरफोर्सको विशेष विमानबाट भारतीय राष्ट्रपति मुखर्जी बुधबार १२ बजेर २० मिनेटमा नेपाल आइपुग्नुभएको हो । pranab-mukherjee-nepal

त्रिभुवन विमानस्थलमा भारतीय राष्ट्रपतिलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको थियो । यस्तै, विमानस्थलमा नेपाली सेनाको टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । अहिले राष्ट्रपति भण्डारी र भारतीय समकक्षी मुखर्जीबीच शितल निवासमा भेटवार्ता भइरहेको छ । मुखर्जी बिहीबार बिहान पशुपतिनाथको दर्शनमा जाने र शुक्रबार जनकपुर तथा पोखरा जाने कार्यक्रम रहेको छ ।

यस्तो छ, भारतीय राष्ट्रपति मुखर्जीको तीन दिने भ्रमण तालिका

१७ गत बुधबारको कार्यक्रम– राष्ट्रपति भण्डारीसँग शीतल निवासमा दुईपक्षीय भेटवार्ता, भारतीय दूतावासले आयोजना गर्ने रिसेप्सनमा सहभागी, होटल हायातमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता,साँझ सोल्टी होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिने स्टेट ब्यङक्वीटमा सहभागि

१८ गतेको कार्यक्रम– पशुपतिनाथको पुजाअर्चनामा सहभागी, काठमाडौं विश्वविद्यालयले दिने अनोररी डक्टरको कार्यक्रम (आर्मी अफिर्ससक्लव) मा सहभागी, काठमाडौं महानगरपालिकाले नगरवाबासीको तर्फबाट राष्ट्रिय सभागृहमा दिने नागरिक अभिनन्दनमा सहभागी, इन्डिया फाउन्डेसनले गर्ने कायक्रममा सहभागी, होटल हायातमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता (मधेसी दलका नेताहरुलाई संयुक्त भेटवार्ता ), साँझ होटल द्वारिकामा प्रधानमन्त्रीले दिने रात्रिभोजमा सहभागी

१९ गतेका कार्यक्रम–जनकपुर भ्रमण, जानकी मन्दिरमा पुजाअर्चना, नागरिक अभिनन्दन र सम्बोधन, जनकपुरबाट पोखरा प्रस्थान, पोखरा ग्रान्डी होटलमा लञ्च, भूतपूर्व गोर्खा सैनिक पेन्सन शिविरमा सम्बोधन, साँझ काठमाडौं फिर्ता भई सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान

तपाईको प्रतिक्रिया