काठमाडौं– कार्तिक । छिमेकी राष्ट्र भारतका राष्ट्रपति प्रणव मुखर्जीको आजदेखि हुने तीनदिने नेपालको राजकीय भ्रमणको तयारी पूरा भएको भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जी नेपालको तीन दिने भ्रमणमा आउन लाग्नु भएको हो । मुखर्जीको भ्रमणका लागि सुरक्षित पारिएको छ ।
अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपालको भ्रमण गरेका थिए ।