तिहारको रौनकता छायो बजारमा

काठमाडौं–कार्तिक । यतिबेला बजारमा तिहारको चहल पहलले बजार तातेको छ । तिहारको चहल बढेसँगै बजारमा तिहारका लागि आवश्यक सामाग्री खरिद गर्ने र विक्री गर्नेको भीड देखिन्छ ।tihar

तिहारका लागि आवश्यक सामाग्री फूल, माला, तिहारको रङ्ग रोगनका सामान, फलफूल बच्ने र किन्नेहरूले गर्दा यतिबेला बजार पनि तातेको छ । बजारमा माला र तिहारको रङ्गरोगनका सामाग्री मात्र होइन घरायसी प्रयोजन सामाग्री, डाली, नाङ्ला, झाडु, र्‍याक आदिको पनि राम्रै खरिद विक्री भइरहेको छ ।

त्यस्तै, तिहारमा खानेकुरा किसमिस, झिलिमिली बत्ति र लत्ता कपडाको पनि व्यापार चलिरहेको छ । व्यापारी र ग्राकहको भनाइलाई आधार मान्ने हो भने यस बर्ष तिहारका सामाग्रीको मालाको मूल्य गत बर्षको भन्दा केही कम छ । गत बर्ष नाकाबन्दी र इन्धन अभावका कारण प्रर्याप्त मात्रामा फूल लगायतका सामाग्रीको सहज आयात हुन नसक्दा सामाग्री बजार भाउ महँगो भएको थियो

तपाईको प्रतिक्रिया