माग पुरा नभए समर्थन फिर्ता लिन्छौं : उपेन्द्र यादव

काठमाडौं–कार्तिक । संघीय गठबन्धनका संयोजक एवम संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माग पुरा गर्न समय दिएको भन्दै त्यतिवेलासम्म संविधान संशोधन नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै गठबन्धनका अध्यक्ष यादवले मोर्चाले अहिले नै सरकारलाई कुनै अल्टिमेटम नदिएको समेत दाबी समेत गरे ।

unnamed-2यादवले प्रधानमन्त्रीले संविधान संशोधन गर्छु भनेर धेरैपटक मिति घोषणा गरेपनि अहिलेसम्म संशोधन प्रक्रिया नै अघि नबढाएकोले यसपटक भने छठ अन्तिम मिति होस् भन्ने कामना समेत गरे ।

तपाईको प्रतिक्रिया